प्रेम जिबन को आधार हो | मानिस ले कुनै न कुनै ढंग ले प्रेम गरिरहेको नै हुन्छ , तेस्लाई ब्यक्त गर्नु या न गर्नु फरक कुरा होला | जिबन को आधार नै प्रेम हो | मानिस जन्म देखि उसले प्रेम को अनुभब गर्न सुरु गर्दछ | उसले आफ्नी आमा बाट निश्चल प्रेम अनुभब गर्छ | यो संसार मा जसले आमा को प्रेम अनुभब नै गर्न पाएन उसले त मानौ जिबन नै पाएन | जब जब यौटा बालक ठुलो हुन थाल्छ तब उसका आफन्त हरु उ बाट धुल ठुला अपेक्क्षा राख्न थाल्छ ,जब अपेक्क्षा चरमसीमा मा पुग्न थाल्छ अनि तेस अनुरुप को प्रतिफल प्राप्त हुदैन तब प्रेम छिड हुन थाल्छ |
जब बालक र आमाबुबा को अहंकार एक आपस मा ठोकिन्छ तब बालक ले कता कता त्यो प्रेम लाई केवल यौटा अपेक्षा पुरा गर्न गरियको ढोंग सोच्न्ना थाल्छ | प्रेम र ले प्रेम समाप्त हुन्छ ,
प्रेम ले प्रेमी का सम्पूर्ण कुरा हरु लाई बिनासर्त सहर्ष स्विकार गर्नु प्रेम हो ।
यदि कुनै अपेक्षा राखेर प्रेम हुन्छ तब प्रेम समाप्त हुन्छ ।
कसैलाई सुधार गर्न खोज्नु प्रेम होइन ,प्रेम कुनै योग्यता हेरेर गरिँदैन यदि कसैलाई सुधार का लागि बारम्बार आग्रह गरिरहनु पर्दछ भने त्यो कस्तो प्रेम ,प्रेम को शक्ति यति विशाल हुन्छ की त्यसले त मानिस लाई आफै परिवर्तन गरिदिन्छ ।
प्राय बाबु आमा ले आफ्ना छोरा छोरीहरूलाई आफूले चाहअनुरूप बनाउन खोज्दा छोराछोरी हरु मा बाबु आमा प्रति चरम घिडा उनपन्न भएको देखेको छु ,त्यो कस्तो प्रेम हो जसले आफ्ना छोराछोरी लाई आफूले चाहेकाे जस्तो गर्न दिँदैन ,अनि त्यो कस्ता छोराछोरी हुन जसले आफ्नो बाबुआमा को प्रेम लाई बुझेर आफ्ना गल्ती कमजोरी हरु सुधार गर्न सक्दैनन् । के हामी गलत समाज त बनाइरहेका छैनौं
प्रेमी त केवल प्रेम गर्दछ कसैलाई सुधार गर्न चाहँदैन तर प्रेम मा यस्तो शक्ति हुन्छ कि कसैलाई सुधार गरिराख्न नै पर्दैन आफै सुधार हुन्छ यदि प्रेम साँचो ,निचल हो भने ।केवल प्रेम मात्र ले मानिस आफै समालिन्छ । त्यही प्रेम ले नै उसलाई गलत गर्न बाट रोक्ने छ ,जब जब उ गलत गर्ने सोच्ने छ ,त्यही प्रेम बाधा बन्ने छ उसलाई रोक्न का लागि ,गलत गर्न खोज्दा उसले तपाईको प्रेम लाई सम्जेर त्यो काम गर्ने छैन । जब तपाईं कसैलाई प्रेम ले गर्दा सुधार गर्न खोज्नुहुन्छ तब झन् उसमा त्यही काम गर्ने उतेजना पैदा हुन्छ , बच्चा झुट बोल्ने छ ,उ अहंकारी हुनेछ ।