Share this post on:

जिबन जन्म बाट सुरु हुन्छ र मृत्यु मा समाप्त हुन्छ | मानिस बाचुन्जेल विभिन्न प्रकार का भाब उसको मन मा आउने गर्छन | मानिस ले
मानिसका शरीरमा बिध्यमान भाब जस्तै काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य हरु केबेल भाब हुन् जसलाई मानिस का सत्रु का रुपमा पनि धर्मसास्त्र मा भनेको पाइन्छ ।
प्राय मानिस ले मानिस को जिबन अन्न ले चल्ने भएकाले अन्न त्याग गर्नु नै बर्त बस्नु का रुपमा लियको देखिन्छ |
हाम्रो शक्ति को मुख्य श्रोत भोजन भएकाले जब हामी भोजन त्याग गर्छौ तब केहि मात्र मा भए पनि मृत्यु को अनुभब गर्न सक्छौ | जिबन जुन शक्ति ले गर्दा चल्छ भन्ने हामीलाई लागेको छ त्यो शक्ति नलिदा पनि जिबन चल्दो रहेछ अर्थात् जिबन त अरु कुनै शक्ति ले गर्दा पो चलेको रहेछ भनेर मानिस लाई बोध गराउन का लागि गरियको बैज्ञानिक प्रयोग नै उपबास हो | भोजन न गर्दा जिबन को गति होइन केवल शरीर को गति मात्र कम हुन्छ ,शरीर को गति कम हुनु जिबन को गति कम हुनु होइन |
उपबास बस्नु को मुख्य कारण नै मानिस लाई शरीर मरेको अनुभब
गाराउनु र यो बोध गराउनु हो जसमा उसले थाहा पाबोस कि शरीर मर्दा पनि हामी जीवित नै हुन्छौ |
जति जति हामी शरीर बाट टाडा हुन्छौ तेती नै हामी आत्मा बाट नजिक पुग्छौ |
मानिस लाई यो बोध गराउनु कि भोजन केवल शरीर लाई जीवित गर्न को लागि मात्र आवश्यक हो | भोजन त् केवल जिबन लाई चलायमान राख्न का लागि हो | यदि भोजन बन्द गर्नुभयो भने शरीर मात्र बन्द हुन्छ किनभने भोजन ले त केवल शरीर लाई चलाइरहेको छ |

Share this post on:
Avatar Shekhar Nath Chapagain

Author: Shekhar Nath Chapagain

Leave a Comment

Your email address will not be published. Required fields are marked *